पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १ सिमपानीमा शुक्रबार एक दिवसीय नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।
तानचोक कोट नौजे पंगिलामा परिवारको स्थापना दिवसको अवसरमा सन्चालन भएको शिविरमा हिमालय आंखा अस्पताल घारीपाटनको प्रालिधिक सहयोगमा सन्चालन भएको थियो। उद्दघाटन समारोहमा अस्पतालका नेत्र अधिकृत सुबास नेपालले जब सम्म आंखा गाढा हुंदैन तब सम्म आंखाको चेकजांच नगर्नु नै हाम्रा लागी पछि ठुलो धोका हुने हुंदा यस्ता शिबिरहरुले मानिसका घर आंगन सम्म सेवाको पहुंच पुग्ने गुंदा यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।
परिवारका संस्थापक अध्यक्ष क्या. धरम सिंड गुरुडको प्रमुख आतिथ्यतामा भएको थियो ।
शिबिर सम्पन्न गर्नका लागी परिवारका सदस्यहरु बाट स्वतस्फुर्त रुपमा आर्थिक सहयोग दिएको संस्थाका कोषाध्यक्ष बिनोद गुरुडले जानकारी दिएकाछन ।
पोखरा फाईनान्स लिमिटेड संगको सहकार्यमा सम्पन्न शिविरमा परिवारका करिब सयजना सदस्यलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको अध्यक्ष राजु गुरुडले जानकारी दिए ।
दक्ष चिकित्सक तथा प्राविधिक जनशक्तिद्वारा आधुनिक उपकरणका माध्यमबाट आँखा जाँच गरिएको कार्यक्रम संयोजक राजबहादुर गुरुङले जानकारी दिएकाछन । गुरुङका अनुसार शिविरमा परिवारका सदस्य,हरु, जेष्ठ नागरिक र स्थानिय गरि करिब गरिएको थियो । नि:शुल्क आँखा परीक्षणका साथै आवश्यकता अनुसार चस्मा र औषधि समेत नि:शुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा तथा तानचोककोट नौजे पंगिलामा परिवारका सदस्यहरु, स्थानीय बासिन्दाहरु विभिन्न स्थानबाट आएका अतिथिहरु लगायतको १ सय ४१ जनाको आँखा परीक्षण गरिएको थियो। संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न शिविरमा परिवारका पुर्ब अध्यक्षहरु त्यसैगरी परिवारका सल्लाहाकार, सदस्यहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको कार्यक्रम सन्चालक एबं संस्थाका सचिब शान्ति कुमारी गुरुडले जानकारी दिएकाछन ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






