गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रमा ४८ जना बालबालिकासहितका विपन्नले आश्रय लिईरहेका छन् ।
कोपिला नेपालको व्यवस्थापनमा संचालित केन्द्रमा ७ बर्ष मुनिका ११ जना , १८ बर्षमुनिका १९ जना बालबालिका र ११ जना महिला गरि ४८ जनाले आश्रय लिएको र गत असोज महिना देखि हालसम्म १ सय २० जनालाइ सेवा प्रदान गरिसकेको कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले जानकारी दिईन् । करिब ३ बर्षसम्म विवादका कारण संचालन हुन नसकेको सो केन्द्र गत बर्षदेखि भने संचालनमा आएको हो । केन्द्रको बिहिबार जिल्ला समन्वय समिति, कास्कीले अनुगमन गरेको छ । त्यस क्रममा समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गण्डकी प्रदेशभरीका हिंसा पिडित आश्र विहिन महिला तथा बालबालिका लाभान्वित भएको भन्दै केन्द्र व्यवस्थापनको प्रशंसा गरे ।
उनले २०७९ असारको पहिलो हप्ता आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको पदभार लगत्तै पोखरा ३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गर्दै, सजल्ला समन्वयको सहजिकरणबाट केन्द्र संचालन भएको बताए । जिल्ला समन्वय अधिकारी नवराज बरालले केन्द्रको दीर्घकालीन संचालनका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । जिसस कास्कीका शाखा अधिकृत महिला तथा बालबालिका सम्बन्धि फोकल पर्सन लक्षु शर्माले प्रदेश विकास समस्या समाधान समितिका बैठक र विभिन्न समन्वय बैठक मार्फत जिससको निरन्तर प्रयत्न र निर्माण संचालनका निम्ति आफुहरूको पहल सार्थक भएको बताए ।
व्यवस्थापनको जिम्मेवारी सहित केन्द्र संचालन गरिरहेको कोपिला नेपालका कार्यकारी निर्देशक सिलवालले केन्द्र संचालन र व्यवस्थापनको समस्या ,चुनौती र भाबी योजनाको सम्बन्धमा जानकारी गराएकी छन् । सो क्षेत्रमा खानेपानीको समस्या समाधानको पहल गरिदिन स्थानिय वडा र महानगरपालिकालार्इ आग्रह गरिएको भन्दै सो को समन्वयका लागि प्रमुख पौडेललाई आग्रह गरिन् । सोही परिसरमा अर्को भवनको निर्माण कार्य पूरा गर्न सहयोगदाताको खोजी भईरहेको पनि सिलवालको भनाइ छ।
केन्द्रमा मनोपरामर्श सहित अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने गरिएको जनाइएको छ । तरकारी,पशुपालन तथा अन्य खेती प्रविधी , हस्तकला सहित रुचि अनुसारको सीप बिकास र शसक्तिकरणका कार्य समेत संचालन गर्ने गरेको छ। करिब ६ बर्ष अलपत्र अवस्थामा रहेर गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेको उक्त आयोजना हाल कोपिला नेपालको व्यवस्थापनमा पोखरा महानगरको संयोजनमा संचालनमा आएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुरु गरेको बिपद ब्यवस्थापन कोषमा तमु धिं नेपालले ३…





