पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा होटलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरी २५ युनिट रगत सङ्कलन गरेको छ भने मंगलबार छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९१ जना आमाहरूलाई बिहानको एक छाक भोजन दान गरेको छ।
होटलका अपरेसन म्यानेजर कृष्णकुमार पौडेलका अनुसार वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान र भोजन दान कार्यक्रम आयोजना गरिएको हो। होटलले अघिल्लो वर्ष दोस्रो वार्षिकोत्सवका अवसरमा पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रित बुबाहरूलाई एक छाक भोजन गराउनुका साथै फेवातालमा १० हजार माछाका भुरा पनि छाडेको थियो।
यसै बीच होटलले राखेको वार्षिक उत्सव विशेष कार्यक्रममा वर्ष उत्कृष्ट एचओडीतर्फ रोजिना अधिकारी र वर्ष सर्वोत्कृष्ट कर्मचारीतर्फ सुवास लामालाई सम्मान गरिएको थियो। सो अवसरमा होटलका अभिभावक रमेशबहादुर भट्टराई र सुशिला भट्टराईले खाद्य तथा गुण नियन्त्रण विभागबाट उत्कृष्ट होटलका रूपमा पुरस्कृत भएको अवसरमा अपरेसन म्यानेजर कृष्णकुमार पौडेल, रेस्टुरेन्ट इन्चार्ज कृष्ण पौडेल र पौडेल, एक्जिक्युटिभ सेफ राजेश सुनारलाई सम्मान गरे।
कार्यक्रममा अपरेसन म्यानेजर पौडेलले पछिल्ला वर्षहरुमा होटलले सेवा गुणस्तर, व्यवस्थापन र बजार विस्तारमा उल्लेखनीय प्रगति गरेको बताए। उनले भारतको उत्तर प्रदेश र बिहारका गोरखपुर, लखनउ, बनारस र पटनासम्म पुगेर होटलको प्रवर्द्धन गरिएको जानकारी दिए । साथै यसअघि बेंगलुरु, मुम्बई र दिल्लीलगायत भारतीय सहरमा पनि प्रचार अभियान गरिसकेको उनले बताए। वार्षिकोत्सव कार्यक्रममा बोल्ने क्रममा होटलका अभिभावक सुशीला भट्टराई विदेश भ्रमणमा रहेका होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र अन्य परिवारका सदस्यहरूलाई सम्झेर भक्कानिएकी थिइन् । उनले होटलमा कार्यरत सबै विभागका कर्मचारीहरूलाई राम्रो कार्य गर्न प्रेरणात्मक मन्तव्य समेत दिएको होटलका अपरेसन म्यानेजर पौडेलले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव…





