पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको कार्यालय अर्घौं घरेलुचौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले ज्येष्ठ नागरिक प्रेरणाका स्रोत भएकाले उनीहरुका अनुभव महत्वपूर्ण रहने वताए । स्वर्गीय हिरामणि सुवेदीको योगदान सम्झिदै ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका थिए ।
साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष धु्रवबाबु भट्टराई,अर्घौ सामाजिक सेवा संस्थाका अध्यक्ष मथुरा श्रेष्ठ,समाजसेवी नारायणमणि लामिछाने, ज्येष्ठ नागरिक सेवा समाज पोखरा –२६ का अध्यक्ष जगन्नाथ तिमिल्सेना, ज्येष्ठ नागरिक सेवा समाज पोखरा –१४ का अध्यक्ष नवीन पौडेल, पोखरा –३० का अध्यक्ष तारानाथ पौडेल पूर्व वडासदस्य शेखरनाथ लामिछाने ,संस्थाका सल्लाहकारहरु प्रयागराज भण्डारी, रामनरेश यादव, विधान निर्माण समितिका अध्यक्ष दण्डपाणि पौडेल ,विभिन्न टोल विकास का अध्यक्ष लगायतले शुभकामना दिएका थिए । ऋषिकेश बरालले जीवनको उत्तरकालमा रहेका ज्येष्ठ नागरिकप्रति समर्पित कविता वाचन गरे ।
उपाध्यक्ष रमाकुमारी पौडेलले स्वागत गरेको कार्यक्रममा सचिव कलाधर सापकोटा र कोषध्यक्ष अणनाथ बरालका प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएका थिए । कार्यक्रम सल्लाहकार राधामोहन पौडेलले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा…





