त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार,भारतबाट पनि आईपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित




भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन छन् । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि उनीहरुलाई जीवितै उद्धार गरेको हो । गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । अन्यको पनि उद्धार कार्य जारी रहेको बताईएको छ ।

भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री काठमाण्डौं आइपुगेको छ । नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौँ आइपुगेका भारतीय दूतावासले जनाएको छ ।

राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीयसहित २१.५ टन राहत सामग्री रहेका छन् । उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जसले जारी नेपाली राहत तथा उद्धार प्रयासलाई थप सुदृढ बनाउन र भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न मद्दत गर्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।