कास्कीका १४ सम्पर्कविहीन मध्य २ जना सम्पर्कमा


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ १८

भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका पोखराका दुई जना सम्पर्कमा आएका छन् । भोटेकोशीमा आएका बाढीका कारण सम्पर्कविहीन भएका कास्कीका १२ जनामध्य दुई जना सम्पर्कका आएको कास्की प्रशासनले जनाएको छ ।

सम्पर्कविहीन भनिएका पोखरा–१५ का ३८ वर्षिय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षिया मनु बुढा सम्पर्कमा आएको प्रशासनले जनाएको छ ।

कास्की जिल्लाका १२ जना नागरिक भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

कास्कीका पोखरा–१७ की ३३ वर्षिया सविना पौडेल मिश्र, पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का ३२ वर्षि अभिषेक आचार्य, पोखरा–१२ का ४५ वर्षिय लीलाबहादुर थापा, सोही वडाका २९ वर्षिय सुमन श्रेष्ठ, पोखरा–१५ की ५१ व्र्षिया देवीकुमारी गुरुङ, पोखरा–१३ की ५० वर्षिया बिनु गुरुङ, पोखरा–१४ का गोविन्दबहादुर अधिकारी र पोखरा–१२ जयटोलका ४२ वर्षिय दिलबहादुर थापा अझै सम्पर्कविहीन रहेको कास्की प्रशासनले जनाएको छ । अन्य राजेश शर्मा र प्रमिला पाठक पनि कास्कीकै रहेको र उनीहरु पनि सम्पर्कविहीन् रहेको प्रशासनको सूचनामा उल्लेख छ । उनीहरुको कास्कीस्थित ठेगाना भने खुलाइएको छैन । अर्का अस्थायी ठेगाना पोखरा भएका आनन्दकुमार महतो पनि सम्र्पविहीन् रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।