प्रधानमन्त्री राहत कोषमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ कास्कीको रु. १ लाख १५ हजार ५६० सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८३ मा प्रकाशित




पोखरा ।
प्रधानमन्त्री राहत कोषमा १ लाख १५ हजार ५६० रुपैयाँ सहयोग
पोखरा । देशमा परेको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ, कास्कीले बाढीपीडितको सहयोगका लागि रु. १ लाख १५ हजार ५६० प्रधानमन्त्री एउटाराहत कोषमा जम्मा गरेको छ।
विपद्को समयमा राज्यलाई साथ दिने आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै संघले उक्त रकम राहत कोषमा जम्मा गरेको हो। संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले विगतदेखि नै राज्यलाई आवश्यक पर्दा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएका छन्। पोलियो उन्मूलन अभियान, हात्तीपाइले रोग नियन्त्रण, झाडापखाला तथा अन्य संक्रामक रोग नियन्त्रण, मातृ तथा शिशु मृत्युदर न्यूनीकरणलगायतका स्वास्थ्य अभियानमा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। त्यस्तै, कोभिड–१९ महामारीका बेला समेत घरघरमा पुगेर जनचेतना फैलाउने, स्वास्थ्यसम्बन्धी सूचना प्रवाह गर्ने तथा जोखिम न्यूनीकरणका कार्यमा स्वयंसेविकाहरूले उल्लेखनीय योगदान दिएका थिए।
संघकी अध्यक्ष भिमा पौडेलले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू राज्यलाई आपत् पर्दा सधैँ हातमा हात र साथमा साथ दिएर अघि बढ्ने बताइन्।
“राज्यलाई आपत् पर्दा, दुःख पर्दा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सधैँ राज्यसँगै उभिँदै आएका छन्। पोलियो, हात्तीपाइले, झाडापखाला, मातृ तथा बाल मृत्युदर न्यूनीकरणदेखि कोभिडसम्म हरेक स्वास्थ्य अभियानमा स्वयंसेविकाहरूले स्वयंसेवी भावनाले काम गर्दै आएका छन्। अहिले देशमा परेको विपद्मा पनि हामी राज्य र पीडित नागरिकको साथमा छौँ भन्ने सन्देशसहित यो सानो सहयोग गर्न सफल भएका छौँ,” अध्यक्ष पौडेलले भनिन्।
उनले विपद्को समयमा सबै क्षेत्र, संस्था र नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्दै पीडित परिवारको राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा मात्र नभई सामाजिक संकट र विपद्का समयमा समेत समुदाय र राज्यबीचको महत्वपूर्ण सेतुका रूपमा काम गरछौ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।