कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले अधिकारकर्मी तथा पत्रकार मधु पन्थीलाई सम्मान गरेको छ । विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानवअधिकार, पत्रकारिता, सञ्चार र सामाजिक अभियानका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पन्थीलाई संस्थाले सममान गरेको हो । पन्थीले विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँग मानवअधिकार र सामाजिक क्षेत्रमा कलमका माध्यमबाट सूचना र समाचार जनसमक्ष प्रस्तुत गर्दै आएका छन् ।
यसअघि लामो समय ९२०५६ सालदेखि २०८१ सालसम्म० अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, गण्डकी प्रदेश कार्यालय, पोखरामा आबद्ध रहेर काम गरेको अनुभव रहेको छ । त्यस क्रममा मानवअधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरण, पीडितका सवालको उठान र न्यायका लागि पैरवीलगायतका काममा प्रत्यक्ष रूपमा संलग्न भए । यस अनुभवले मानवअधिकारका सवाललाई नजिकबाट बुझ्ने र त्यसका लागि निरन्तर काम गर्ने आधार तयार ग¥यो ।
उनी यसअघि शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराद्वारा २०६४ सालमा र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०बाट २०६९ सालमा उत्कृष्ट कार्य गरे स्वरूप सम्मानित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…








