आख्यान पुरस्कारका लागि तीन कृति छनोट


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित




कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् ।

कविडाँडा साहित्य समाजले छनोट भएका आख्यान कृतिको नाम सार्वजनिक गरेको छ । समाजले दिएको जानकारी अनुसार क्षितिज सर्मपणको कृति ‘तोरकीन’, सीमा आभाषको ‘महायुग’ र नीलम कार्की निहारिकाको ‘राजमाता’ रहेका छन् । छनोट भएका मध्ये सर्वोत्कृष्ट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ प्रदान गरिने अध्यक्ष एल.बी क्षेत्रीले जानकारी दिए । पुरस्कारको राशी २ लाख १६० रहेको छ ।

आगामी असोजको पहिलो साता सर्वोत्कृष्ट पुरस्कृत आख्यान कृतिको घोषणा गरिने समाजले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।