कास्की कारागारबाट फरार मगर ललितपुरमा पक्राउ


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०८३ मा प्रकाशित




कास्की कारागारबाट फरार रहेका एक कैदी ललितपुरमा पक्राउ परेका छन् ।

सहकारी ठगी सम्बन्धी कसूरमा कास्की कारागारमा रहेका पोखरा २९ पट्नेरीका उत्तम मगरलाई आइतबार ललितपुरबाट नियन्त्रणमा लिईएको जिलला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मगर २०८२ भदौ २४ गतेको जेनजी प्रदर्शनको क्रममा कारागरबाट भागेको प्रहरीले जनाएको छ । लुकीछिपी बस्दै आएका ४५ बर्षिय मगरलाई जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा कास्की प्रहरीको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थित सानोगाउँबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका मगरलाई पोखरा ल्याई आवश्यक कारवाहीको लागि कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए । उनी सहकारी ठगी सम्बन्धी कसूरमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।