राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच शीतल निवासमा भेटवार्ता


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८३ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न सभामुख अर्याल आज बिहान शीतल निवास पुगेका थिए ।राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्‌का गतिविधिबारे छलफल भएको थियो।

विपक्षी दलहरूले सरकारका काम कारवाहीलाई लिएर संसद बैठक आव्हानका लागि दबाब दिइरहेकै बेला भएको भेटलाई राजनितिक वृतमा चासोका साथ हेरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।