ओशो र ध्यान : स्वामी प्रेम बिस्तार


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित




रजनिश ओशोले समग्र जगतमा जोड दिनुभएको कुरा ध्यान हो। समग्रताका विभिन्न अरू विधाहरूमध्ये उहाँले ध्यानलाई नै बढी जोड दिनुभएको छ। ध्यान एउटा यस्तो कुरा हो, जुन सबै धर्मले पनि स्वीकारेको कुरा भएको हुनाले उहाँले ध्यानलाई जोड दिनुभएको हो।

ध्यानका प्रकार :

ध्यानमा उहाँको ठूलो योगदान भनेको के हो भने, ध्यान चाहिँ पहिला निष्क्रिय खालको थियो। निष्क्रिय किसिमको ध्यानलाई मात्रै ध्यान भन्थ्यौँ। तर ध्यान निष्क्रिय मात्रै हुँदैन, सक्रिय पनि हुन्छ भन्ने सक्रिय ध्यानको व्याख्या गर्ने पहिलो व्यक्ति उहाँ हुनुहुन्छ। ध्यानमा संगीत, नृत्य र रेचनजस्ता क्रियाकलापहरू पनि उहाँले सिकाउनुभएको छ।

निष्क्रिय ध्यान :

प्रायः हामीले के बुझेका छौँ भने, आँखा चिम्लेर एकै ठाउँमा लामो समय बस्ने प्रक्रिया, आँखा चिम्लेर गर्ने र शरीरमा कुनै मुभमेन्ट नदिईकन गरिने ध्यान निष्क्रिय ध्यान हो।

सक्रिय ध्यान :

आँखा खोलेर पनि ध्यान गर्न सकिन्छ। हाम्रा हरेक क्रियाकलापमा पनि हामी ध्यान गर्न सक्छौँ। त्यसरी गर्न सकियो भने त्यो सक्रिय ध्यान भयो। यसका विधिहरू पनि छन्। विधिबाहेक हाम्रो सक्रिय जीवनका दैनिक क्रियाकलापहरूमाथि पनि हामी ध्यान गर्न सक्छौँ।

ओशोले ध्यानका नाम र विधिअनुसार धेरै किसिमका ध्यानहरू बताउनुभएको छ। तर तिनको उद्देश्य एउटै भएको हुनाले यसलाई Active र Passive गरी दुई प्रकारमा राखिन्छ ।

ध्यानका विधिहरू :

ध्यानका विधिहरू त धेरै छन्। उहाँले धेरै विधिहरूबारे बताउनुभएको छ। सक्रिय ध्यानमा कस्तो विधि अपनाउने र निष्क्रिय ध्यानमा कस्तो विधि अपनाउने भन्ने कुरा हो।

तर दुवैमा केही कुराहरू समान हुन्छन्। करिब दसवटा कुराहरू समान हुने भए पनि त्यसमध्ये चारवटा मुख्य कुरा छन्।

ध्यानका चार आधारस्तम्भ (Four Pillars of Meditation)

१. Relaxation (शारीरिक तथा मानसिक विश्राम):
हामी Active मा होऔँ अथवा Passive मा, पूरै शरीर रिल्याक्स राख्नुपर्छ।

२. Acceptance (स्वीकार भाव)
हरेक कुरामा स्वीकार भाव राख्नुपर्छ। जस्तोसुकै भए पनि भित्री मनदेखि ती कुराहरूलाई स्वीकार गरौँ। बाहिरपट्टि त्यसमा प्रतिक्रिया जनाउन पनि सक्छौँ, तर भित्रबाट स्वीकार गरौँ।

३. Indifference to Thoughts (विचारप्रति तटस्थ भाव)
विचारहरू किन आएका छन्, कसरी आएका छन् भनेर विचारहरूप्रति तटस्थ बनौँ।

४. Witnessing (साक्षी भाव)
साक्षी भाव भनेको कस्तो हो भने हामी जहिले पनि अरूको साक्षी हुन्छौँ। तर ध्यान गर्ने मान्छेले आफ्ना हरेक क्रियाकलापको आफैँ साक्षी बन्नुपर्छ।

यी चारवटा कुरा ध्यानका आधारस्तम्भ हुन्।

Meditation र Concentration मा के फरक छ?

Meditation (ध्यान) :

Meditation भनेको हामी यहाँ ध्यान भन्छौँ, होइन? तर Meditation शब्द कसरी आएको रहेछ भने Medication बाट Meditation भएको रहेछ। त्यो उपचारको एउटा पद्धति रहेछ।

ओशोले ध्यानलाई महाऔषधि भन्नुभएको छ। त्यसरी Meditation लाई पनि औषधिको रूपमा Medication सँग जोडेर बुझ्न सकिन्छ।

Concentration (एकाग्रता) :

Concentration भनेको ध्यानसम्म पुग्नका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले अपनाइने एउटा प्रक्रिया हो।

जस्तै, चारवटा कुरा :

•   Relaxation
•   Acceptance
•   Indifference to Thoughts
•   Witnessing

Concentration पनि ध्यानसम्म जाने एउटा विधि वा प्रक्रिया हो। तर त्यो आफैँमा ध्यान होइन। Meditation चाहिँ ध्यान हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।