बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ ।
झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो । तुइनबाट एक पटकमा दुई जनासम्म वारपार गर्न सकिन्छ । स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन् ।
तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ । तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ । उनले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







