नेपाल विद्युत् प्राधिकरण,पोखरा ग्रिड महाशाखा कुँडहर सब स्टेशन अन्तर्गतका विभिन्न स्थानहरूमा यही मङ्सिर १२ र १३ गते विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
महाशाखालेले एक सूचना जारी गर्दै कुँडहर सव स्टेशनमा नयाँ ४५ एम भि ए क्षमताको ट्रान्सफर्मरको ११ केभी बसबार कार्यका लागि विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।सूचनाअनुसार भोलि र पर्सि छोरेपाटन, राबजार,पोखरा अन्र्तराष्ट्रिय विमानस्थल, गलेश्वर, विजयपुर,सिटी र टाक्स हाईड्रो क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । महाशाखा प्रमुख रोशन खड्काका अनुसार बसबार कार्य सम्पन्न भएपछि नियमित रुपमा विद्युत सेवा संचालन हुनेछ ।
यस अवधिमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







