पोखरा, मंसिर
नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने बनेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो ।
यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन कास्की ईञ्चार्ज रामजीप्रसाद बरालले सिफारिस गरेका थिए । सो सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको पार्टीका कास्की ईञ्चार्ज रामजीप्रसाद बरालले जानकारी दिए ।
पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज दीननाथ शर्मा, सहईञ्चार्ज हरि अधिकारी (कुमार)को उपस्थितिमा बसेको बैठकमा पार्टीका प्रदेश कार्यालयका सदस्यहरु, गण्डकीका ११ वटै जिल्लाका जिल्ला ईञ्चार्जहरु तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरुको उपसिथति थियो ।
नेकपा माओवादी केन्द्र कास्की संयोजक बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् । उनी पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्यपनि हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






