पोखरा, मंसिर १ । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले पोखरा ८, सिर्जनाचोक स्थित आफ्नै परिसरमा रहेको अत्याधुनिक रक्तसञ्चार केन्द्रबाट २४ घण्टे सेवा शुरु भएको छ । केन्द्रमा म्याचसहित रगत र रक्तजन्य पदार्थहरूको सेवा उपलब्ध हुनेछ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले वि.सं. २०३५ सालदेखि पोखरा प्रादेशिक रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको हो। यस क्रममा, कास्की शाखाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा रगत संकलन र वितरण सेवा सञ्चालन गर्दै आएको थियो। हाल, सो सेवाको क्षेत्र विस्तार गर्दै कास्की शाखाले नयाँ भवन निर्माण गरी प्रादेशिक स्तरको रक्तसञ्चार सेवा उपलब्ध गराउन थालिसकेको छ। यस भवनमा अत्याधुनिक उपकरण र सुविधासहित अब २४ घण्टे सेवा शुरु गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए ।
मंसिर १ गतेदेखि सुरु भएको यो २४ घण्टा सेवा नागरिकलाई अत्याधुनिक सुविधा र गुणस्तरीय सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो। यस सेवाको माध्यमबाट रगत संकलन, परिक्षण र आपूर्ति कार्यलाई प्रभावकारी र समयमै पूरा गर्न सकिनेछ।
यस नयाँ सेवा सुविधाले पोखरा र आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, रक्त दाताका लागि सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै समुदायको लागि महत्त्वपूर्ण स्वास्थ्य सेवा अवलम्बन गरिनेछ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आगामी दिनमा यस सेवा मार्फत आपतकालिन अवस्थामा रगतको आपूर्ति र रगतजन्य पदार्थहरूको वितरणमा थप प्रभावकारिता र क्षमता थप्ने लक्ष्य राखेको ज्ञवालीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







