कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ।

त्यस्तै, एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्र्डाेमिटर्सले जनाएको छ।

विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड १९ लाख ९ हजार ९ सय ७९ पुगेको बताइएको छ।

विश्वमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या २१ लाख ९८ हजार ९ सय ८० पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै, विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।