मंसिर ९ पोखरा । पोखरा महागरपालिका वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ ।
पोखरा महानगर वडा नं. १५, फलेपाटनस्थित सिद्ध माविले क्रिकेट खेलाडी रचना चौधरीलाई बधाई तथा सम्मान गरेको गरेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले वडाको एक मात्र सामुदायिक विद्यालय सिद्ध माविले खेलकुदका राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडी उत्पादन गरिरहेको बताउँदै रचनालाई वडाले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा रु ३४ हजार नगद तथा सम्मानपत्रले सम्मान गर्ने बताए ।
क्रिकेट खेलाडी रचना पोखरा महानगर वडा नं. १५, फलेपाटनस्थित सिद्ध मा.वि.मा कक्षा ११ मा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।
नेपाली यू–१९ महिला क्रिकेट टिमबाट गण्डकी प्रदेशबाट छनोट भई पहिलो पटक आईसीसी यू–१९ महिला टी २० विश्वकपमा छनोट भएकामा चौधरीलाई बधाई तथा सम्मान गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रिकेट खेलमा प्रगति गरेको र परिवार, समाज, विद्यालयर गण्डकी प्रदेशकै इज्जत राखेको प्रअ कोइरालाले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगति लोभलाग्दो भएको बताउँदै अन्य भाइबहिनीहरुका लागि रचना प्रेरणाको स्रोत भएको बताए ।
पोखरा महानगर वडा नं. १५ गलेश्वर चोक निवासी १७ वर्षीया रचना चौधरीले क्रिकेट खेल्नका लागि विद्यालय र वडा कार्यालयले सहज वातावरण निर्माण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रिकेट खेलमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







