ज्ञानभुमीका विद्यार्थीलाई सराङकोट सहकारीको सहयोग


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित




पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ज्ञानभुमी माध्यमीक विधालयका विधार्थीहरुलाई सहयोग वितरण गरेको छ ।

स्थापनादेखि सहकारी सिद्दान्त अनुसारका कार्यहरुसहित संस्थाको १८ औ वार्षिक उत्सव सगै संस्थापक अध्यक्ष स्वार्गिय लोक बहादु्र थापाको स्मृतिमा सहयोग गरीएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

बिधालयमा कक्षा १ मा अध्यनरत १८ जना विधार्थीहरुलाई पोसाक स्टेशनरी समान र संस्थापक अध्यक्षका छोरा श्यामकृष्ण थापा बाट कार्पेटिङ सहयोग गरीएको थियो ।

साथै सोही कोष मार्फत संस्थाका सदस्य ब्लडक्यान्सर उपचारमा रहेका राम चन्द्र अधिकारी लाई पच्चिस हजार रुपैयाँ र सदस्यहरुबाट संकलित रकम समेत हस्तानतरण गरीएको हो । संस्थाले उपचारमा सहयोग गर्न सम्पुर्णमा अनुरोध गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा , विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचन ,संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी, सचिव कुल प्रसाद सुवेदी , सह सचिव माया कुमारी शर्मा ,शिक्षा समिति संयोजक जयराम पौडेल, रेडियो सराङकोटका निर्देशक चिन्तामणि बास्तोला , प्रधानध्यपक विनोदराज सुवेदी , ब्यवस्थापक सुरेन्द्र थापा , लगायतले संस्थागत भनाई राखेका थिए ।

सहकारी मार्फत कुल ५३ करोडको कारोबारसंगै रेडियो सराङकोट संचालन, विविध समाजिक कार्यहरु गदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।