मंसिर १५ पोखरा । ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन भएका छन् ।
शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको हो ।
क्लवको बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्षमा नितीन शेरचन(किरण), महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन भए ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउँदै खेल बिकासमा स्थानीयस्तरमा सञ्चालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे ।
फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताए ।
क्लबले नयाँकार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार गर्ने तय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







