पोखरामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पोखरा– बाग्लुङ राजमार्ग अन्र्तगत याम्दीस्थित जेब्राक्रसिङमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी धनकुमारी बुढाको मृत्यु भएको हो ।

रूकुम पूर्व घर भई हाल पोखरा–२५ याम्दीमा बस्दै आएकी वर्ष ५५ की बुढालाई शुक्रबार साँझ घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नं. को आईचर ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बुढालाई उपचारका लागि पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा राती करिव ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मृतक बुढा टिकटकर गिभिना मगरकी आमा रहेको खुल्न आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।