सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित




मंसिर १८ पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ ।

तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

अभियानका कास्की जिल्ला प्रतिनिधि एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको विशेष उपस्थितिमा बैठक गरी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छmलफल गरिएको थियो । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान महत्वपूर्ण हुने केन्द्रीय सदस्य भट्टराईको भनाई छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले बैठकबाट प्राप्त सुझावहरुलाई समेटेर अभियानलाई जनताको घरदैलो सम्म पु¥याइने बताए ।

बैठक कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।