पूर्वराष्ट्रपति भण्डारीसमक्ष क्षेत्री समाजले राख्यो जातिय आरक्षणको खारेजीको माग


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८१ मा प्रकाशित




पुस ३ पोखरा । क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारीसमक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र समाजको भूमिका सशक्त रहेको बताईन् । उनले देशलाई सबै जातिको साझा बनाउन सदभाव कायम गराउन समाजले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।

भेटका क्रममा क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्णबहादुर थापाले समाजले अगाडी सारेको राष्ट्रियता जातीय सदभाव सम्वन्धमा पनि जानकारी पूर्वराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भेटमा क्षत्री समाजका केन्द्रिय अध्यक्ष रिवबहादुर थापाले पूर्वराष्ट्रपतिले नागरिक विधेयकमा खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिए । सो भेटमा समाजका केन्द्रिय पदाधिकारी, प्रदेश र जिल्लाका महासचिवहरु, सांसद भीम कार्की र पूर्व सांसद कृष्णबहादुर थापा लगायतको समेत उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।