पूर्वराष्ट्रपति भण्डारीद्वारा स्याङ्जाको आलमदेवी मन्दिरमा पूजाआजा


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई स्याङ्जाको फेदीखोलामा स्वागत गर्दै जनप्रतिनिधी तथा स्थानियहरु । तस्विर ः गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको फेसबुकबाट

पुस ५ स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गरेकी छन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उनले आज वैद्धिक विधिपूर्वक पूजाआजा गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै वस्तुस्थिति अवलोकन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिए । उनलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताए ।

पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताइन् । स्याङ्जाका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उनको भनाई थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।