पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।
कविताको अघोषि पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययनको आवश्यकता हुने बताए । जलवायु परिवर्तनको असरले कुमारी माछापुच्छ«े हिमालमा हिउँ नपरेपछि कवि हृदयले कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छ«े राम्रो देखेकाछन् ।
परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्याङ्कन र शोध गर्न आवश्यक भएको बताए ।
संस्थाका साहित्य संयोजक कवि केशु शर्माको स्वागतमा सुरु भएको कार्यक्रममा कविहरु ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, दीपक समीप, रुपीन्द्र प्रभावी, बिष्णु अल्पविराम, शिव त्रिपाठी, अमृत क्षत्री , त्रुपक, देवेन्द्र के.सी., शिव सङ्कल्प, माधव खतिवडा, प्रदिप खनाल, एकदत्त लम्साल, गीता तिवारी, शोभा लामीछाने, सङ्गीता बराल बिसी, जमुना कायस्थ, सङ्गीता गौतम, ढाकामोहन बराल लगायतले आफ्ना रचना वाचन गरेका थिए । संस्थाका नव निर्वाचित अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव एम.डि. काफ्लेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







