पुष १० पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडललाई पुरस्कृत हुने भएका छन् ।
लेखनाथ पत्रकार मञ्चले लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएको भन्दै पौडेललार्य सो पुरस्कार प्रदान गर्ने निर्णय गरहेको हो ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन अध्यक्ष भीमपाणि बराल सदस्य रहेका छनौट समितिले पौडेललाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ र सम्मानपत्र छ ।
दुई दशक अघिदेखि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडल हाल रेडियो नेपालमा आबद्ध छन् ।
पौडेलले कान्तिपुर टेलिभिजन, एभिन्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन लगायत संचार संस्थामा कार्य अनुभव रहेको छ । उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् ।
उनी यसअघि पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा सन्चालित हिमदुत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थावाट पुरस्कृत भइसकेका छन् ।
पौडेल नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् ।
पुरस्कार १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







