भारतीय पूर्व प्रधानमन्त्री सिंह सँधैका लागि अस्ताए


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८१ मा प्रकाशित




भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्ताएका छन् । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको गएराती ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय अर्थतन्त्रको बलियो जग बसाएका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा गएराती ९ बजेर ५१ मिनेटमा निधन भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

पूर्व प्रधानमन्त्री सिंहलाई सुदृढ आर्थिक परिवर्तनको श्रेय दिईन्छ । उनलाई कांग्रेसका दिग्गज नेताको उपमा दिईन्छ ।

एम्स अस्पतालले निकालेको बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । स्वास्थ्य अवस्था नाजुक भएर बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।