श्रद्धा सदन प्रा. लि. को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा निरज थापा पुन: चयन


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८१ मा प्रकाशित




पोखरा, पुष १२ । जेष्ठ नागरिकहरूको सम्मान र सुस्वास्थ्यका लागि समर्पित श्रद्धा सदन प्रा.लि.को दोस्रो अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ। पोखरा महानगरपालिका–१५ मा रहेको सेवा गृहमा आयोजित उक्त कार्यक्रममा २५ जना जेष्ठ नागरिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य बलराम पौडेलले वडा कार्यालयको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाकी परिकल्पनाकार तथा प्राबिधिक सल्लाहकार रिता गुरुड.ले कमी कमजोरी सुधार्दै भाबि योजनासहित अघि बढ्नु पर्ने बताइन् । संस्थाले विगत तीन वर्षदेखि जेष्ठ नागरिकहरूको प्रत्यक्ष रेखदेख, स्वास्थ्य सेवा र सम्मान कार्यक्रम सञ्चालन गर्दै प्रा लि का अध्यक्ष निरज थापाले जानकारी दिए । अध्यक्ष थापाले मानव सेवा नै संस्थाको मूल उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा जेष्ठ नागरिकहरूको जीवनस्तर सुधार्न थप प्रभावकारी कार्यक्रम ल्याइने बताए ।

संस्थाका प्रबन्धक उर्मिला राउतले आफ्ना दिवंगत पतिको स्मृतिमा रु २५ हजार बराबरको जिन्सी सामान सहयोग गरेकी थिइन् । संचालक सदस्य शोभा कुंवरले स्वागत गरेको प्रथम सत्रको कार्यक्रमको सञ्चालन सचिव अनिल श्रेष्ठले गरेका थिए । संस्थाले जेष्ठ नागरिकहरूको सम्मान, सुरक्षा, र स्वास्थ्यप्रति समर्पित सेवामा निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएको छ।

अधिवेशनमा विगत तीन वर्षका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो । अधिवेसनले निरज थापा कै अध्यक्षतामा पुन: नयाँ सञ्चालक समिति चयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।