पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम आयोजना


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८१ मा प्रकाशित




पोखरा, पुष १३ । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए ।

कार्यक्रममा लघुकथाकारहरू त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी, र ढाकामोहन बरालले दुई चरणमा आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए। वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदनशीलता, र सांस्कृतिक पक्षलाई समेटिएको थियो।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्त्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरे।

बिशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए । लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अमृत क्षेत्रीले गरेका थिए। कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको सहयोगमा भएको थियो । प्रतिष्ठानले यस प्रकारका साहित्यिक कार्यक्रमहरूले लघुकथाका नयाँ सम्भावना उजागर गर्दै साहित्यिक क्षेत्रलाई समृद्ध पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।