ल्होछार शुभकामना सडक दौड प्रतियोगिता : विजेतालाई पुरस्कार वितरण


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८१ मा प्रकाशित




ल्होछार शुभकामना दौडमा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या। भक्तराज गुरुङ प्रथम
पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा आयोजित ल्होछार शुभकामना सडक दौड प्रतियोगितामा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या.भक्तराज गुरुङ प्रथम भएका छन।

तमु धिं नेपालद्वारा आयोजित तिनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा सम्पन्न दौडमा अन्तरसमाजमा ताङतिङ दुधपोखरी तमु समाज प्रथम हुँदै २० हजार, रनिङ शिल्ड, दोस्रो भएको चिउली पाचे तमु समाजले १५ हजार र तेस्रो हुँदै नौलो सम्झना तमु समाज १० हजार रुपैयासहित पुरस्कृत भएको छ।

यसरी नै १० किमि खुल्लामा सोनम गुरुङ प्रथम, सायल गुरुङ र सुजन गुरुङ दोस्रो, राम कुमार गुरुङ र केभिन गुरुङ तेस्रो र दिलप्रसाद गुरुङ चौथो हुँदै १५, १०, ७ र ३ हजार रुपैयासहित पुरस्कृत भए ।

यस्तै गरी ५ किमि महिलामा अनिता गुरुङ प्रथम, बियन्का गुरुङ दोस्रो, सरस्वती गुरुङ तेस्रो र अरुणा गुरुङ चौथो हुँदै ७,५,३,२ हजार रुपैयासहित पुरस्कृत बनेकोछ।

५ किमि भेट्रान्सतर्फ क्याप्टेन भक्तराज गुरुङ प्रथम, भिमसेन गुरुङ दोस्रो, दिलिप गुरुङ तेस्रो र दिलु गुरुङ चौथो हुँदै ७,५,३,२ हजारसहित पुरस्कृत भए ।

मुह्री ल्हो९गिद्ध वर्ग०को विदाईसँगै सप्ह्री ल्हो९सर्प वर्ग० आगमनको अवसरमा आयोजित ल्होछार शुभकामना दौडमा १४ देखि ८० बर्षका धावकहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक चोकबहादुर गुरुङले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथी प्रदेससभा सदस्य सरस्वती गुरुङले ल्होछारको शुभकामना ब्यक्त गर्दै दौड संस्कृतिले पर्वलाई उमंगित, धावक एवम समाजलाई स्वस्थ्य साथै पोखरालाई खेल र संस्कृतिको शहरको रुपमा बिकास गर्ने सहयोग पुग्ने बताए।

कार्यक्रम तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङको स्वागत र केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङको सञ्चालनमा भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।