पोखरा, पौष १५ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण मालेपाटनका गणपति अरुण पौडेलले जन्मदिनको अवसरमा मानवसेवा आश्रम, पोखरा–हेमजामा दिउँसोको खाजासेवा प्रदान गरेका छन् ।
कार्यक्रम अन्तर्गत आश्रममा बसोबास गर्दै आएका १५० जना नारायणहरूका लागि खाजासेवा अर्पण गरिएको थियो। यस सेवामूलक कार्यक्रममा प्रमुख अरुण पौडेलका परिवारका सदस्यहरूसहित सशस्त्र प्रहरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गणपति पौडेललाई जन्मदिनको शुभकामनासहित सुस्वास्थ्य, सुख, शान्ति, र प्रगतिको कामना व्यक्त गरिएको थियो। यो दिवा खाजासेवा अर्पण कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवसेवामा सशस्त्र प्रहरीका प्रमुख र परिवारको विशेष योगदानलाई उजागर गरेको मानव सेवा आश्रम कास्की संयोजक सदिस पुनले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







