जनता सहकारीमा ५८ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     पौष १७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पुस १७ पोखरा । जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५८ यूनिट रगत संकलन भएको छ । पोखरा–२९ र ३० मा रहेको संस्थाले १३ औं वार्षिकोत्सवको अवसरमा आज भएको रक्तदानमा ५८ यूनिट रगत संकलन गरिएको हो ।

सामाजिक उत्तर दायित्व अन्र्तगत सहकारीले वार्षिक कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ३० का वडाध्यक्ष दुर्गा सुवेदीले पहिलो रक्तदाता दयाराज भण्डारीलाई बल्ड ब्याग हस्तान्त्रण गर्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कुल बहादुर रानाभाट, पुर्व अध्यक्ष सोभामोहन पौडेल, पावरहाउस वजार ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङ,सेयर सदस्य दिपकराम ढेवाजु लगायतले रत्तदानको महत्व र उपयोगिताका बारेमा बोलेका थिए ।
संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शर्मिला श्रेष्ठ र सञ्चालन सचिव भरतराज ओझाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।