विजयको ‘दायाँ पनि छौं,बायाँ पनि छौं’


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८१ मा प्रकाशित




पोखरा । लोक तथा दोहोरी गायक विजय केसीको नयाँ लोक गीत ‘दायाँ पनि छौं बायाँपनि छौं’ सार्वजनिक भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२५ को छेको पारेर केसीले नयाँ लोक गीत सार्वजनिक गरेका हुन् । आफ्नै यूट्यूव च्यानल ‘विजय केसी अफिसियल’ मार्फत सार्वजनिक गीतले दर्शक श्रोताको राम्रो साथ पाइरहेको गायक केसीले बताए ।

रमेश परियारको शब्द, लय रहेको गीतमा गायक केसीलाई शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन् ।

प्रेमिल जोडीले आफ्ना प्रेमी–प्रेमिकासँग गर्ने वार्तालापलाई निकै रोमाञ्चक शैलीमा तयार पारिएको गीतमा करिश्मा ढकाल र प्रभात पल ठकुरीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् ।

स्यामस्वेत रसाईलीको संगित संयोजन रहेको गीतलाई टिकटकमा समेत निकै रुचाईएको छ ।

अष्ट्रेलियालाई कर्मथलो बनाइरहेका गायक केसीका यसअघिपनि थुप्रै चर्चित लोक गीहरु सार्वजनिक भइसकेका छन् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।