पोखरा । ब्रेल लिपिका आविश्कारक लुुइस ब्रेलको २१६ औँ जयन्ती तथा विश्व ब्रेल दिवस २०१५ को अवसरम कास्की नेत्रहीन संघले शनिबार गण्डकी प्रदेश स्तर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
कास्की नेत्रहीन संघको आयोजना र इन्टरनेश्नल काउन्सिल फर एजुकेसन अफ पिपल विथ भिजुअल ९आइ सि इ भि आइ० को संयूक्त आयोजनामा प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामास्याङ्जा नेत्रहीन संघले प्रथम , नेत्रहीन युवा संघ, कास्की शाखा द्वित्तीय, कास्की नेत्रहीन संघ, तृत्तीय र चिल नेपाल समहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी समूहलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः दश, सात, पाँच र तीन हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा कास्की नेत्रहीन संघका कार्यक्रम अधिकृत एक बहादुर गुरुङ, महिला उपाध्यक्ष सुनिता ज्ञवाली, डिडाका संस्थापक अध्यक्ष गिरीधारी सुुबेदी र शिक्षक टेक बहादुर थापा लगायतले लुुइस ब्रेलको योगदानका कारण दृष्टिविहिन व्यक्तिहरु ज्ञानको संसारमा अब्बल भएको र अहिलेका प्रतिभाशाली दृष्टिविहिन व्यक्तिहरुको प्ररणाबाट भाबी पुस्ताले धेरै कुरा सिक्नुपर्नेमा जोड दिएका थिए ।
राज्यलाई दृष्टिविहिन तथा अपाङ्गतामैत्री बनाउन सबैले सकारात्मक र रचनात्मक योगदान गर्न पर्नेमा उनीहरुको जोड थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







