बरिष्ठ पत्रकार कार्कीलाई श्रीपती सामाजिक पत्रकारिता पुरस्कार


     एभरेस्ट आवाज    
     पौष २० गते २०८१ मा प्रकाशित




पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिएको छ ।

पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार कार्कीलाई शनिबार पोखरामा एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो ।

वरिष्ठ पत्रकार कार्कीले पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप नगद २२ हजार २ सय २२ राशीसहित दोषल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो ।

२०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताईसकेका छन् । हाल उनी विविसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत छन् । यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।