सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी अध्यक्षमा सुबेदार चित्र मल्ल


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८१ मा प्रकाशित




पोखरा । सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनमा सुबेदार चित्र बहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्ण चन्द ठकुरी , दितिय उपाध्यक्षमा सुबेदार सुर्य कार्की , सचिवमा क्या लेख बहादुर के।सी , कोषाध्यक्षमा सुबेदार नारायण छेत्री , सह सचिवमा देवी थापा , सह कोषाध्यक्षमा हवल्दार कृष्ण पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुबेदार प्रेम बहादुर थापा , सोचना सेन , कृष्ण कुमारी क्षेत्री , पुष्पा बानियाँ , क्या कृष्ण बहादुर थापा , क्या ऋषि राम गौतम र सुबेदार टेकेन्द्र खड्का रहेका छन् ।

निर्वाचन संयोजक सुबेदार हरि बहादुर अधिकारी र सदस्य सुबेदार हिरा बहादुर क्षेत्री र भेषराज पौडेलले नवनिर्वाचित टिमलाई सपथ गराएका थिए ।

नव निर्वाचित अध्यक्ष चित्र बहादुर मल्लले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसनको गरिमा र उचाईलाई थप टेवा दिने र एकतामा ध्यान दिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।