जनहित महिला समूह पोखरा–५ को अध्यक्षमा चन्द्रावती गैरे


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८१ मा प्रकाशित




पोखरा, पुस २२

जनहित महिला समूह पोखरा–५ को छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा नया कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिवमा समीक्षाकुमारी लामिछाने, कोषाध्यक्षमा ईन्दु सुवेदी सहसचिवमा सुनिता सुनार निर्विरोध चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा शारदा भट्टराई, माया भण्डारी, ईन्दिरा आचार्य, सीता सुनार, उमा सुवेदी, दुर्गा अधिकारी, सरिता सुनार, विष्णुकुमारी विश्वकर्मा चयन भएका छन् ।

यसअघि अधिवेशनको पोखरा–५ का कार्यवाहक वडाध्यक्ष गोविन्द पराजुलीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कार्यवाहक वडाध्यक्ष पराजुलीसहित वडा सदस्यहरु हरिमाया विश्वकर्मा र कल्पना भुवाजी क्षेत्री, अन्नपूर्ण–४ का महिला सदस्य पशुपति केसी, संस्थाकी सल्लाहकार सिर्जना शाहलगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।