पोखरा, पुस २२
पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले सिमेन्टमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै सिमेन्टमा भएको अत्यधिक मूल्य बृद्धिको असर भौतिक निर्माण देखिन थालेको दाबी गर्दै तत्काल सिमेन्टमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन्,‘निर्माणले गति लिने बेला एकाएक भएको मूल्य बृद्धि स्वाभाविक नभएको व्यवसायी÷उपभोक्ताको दाबीमा सहमति जनाउँदै पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ सिमेन्ट र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य बृद्धि फिर्ता लिन, बजारमा स्वाभाविक रुपले आपूर्तीको प्रबन्ध गर्न र खुला बजार अर्थ व्यवस्थाको मर्म अनुरुप प्रतिष्पर्धात्मक व्यवस्था कायम राख्न उत्पादकहरुसँग आग्रह गर्दछ ।’ साथै आपूर्ती व्यवस्था चुस्त दुरुस्त राख्न सरोकारवाला निकायकोपनि दुबै संघले ध्यानकर्षण गराएका छन् ।
दुबै संघले सिमेन्ट र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य बृद्धिले भौतिक निर्माण कार्य रोकिन गएकोपनि दाबी गरेका छन् । उनीहरुले पछिल्लो एक महिनाभित्र प्रति बोरा सिमेण्टको मूल्यमा ३ सय ५० रुपैयाँसम्म मूल्य बढेको दाबी गर्दै यसले भौतिक निर्माण कार्य रोकिएको बताएका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भौतिक निर्माणले गति लिने बेलामा सिमेन्ट र अन्य निर्माण सामग्रीको मूल्य बढ्दा सरकारकै भौतिक प्रगति कस्तो रहला ? यो प्रश्न गम्भीर बनेको छ ।’
दुबै संघले सिमेन्ट र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य बृद्धिले भौतिक निर्माणको ठेक्का लिएका तथा ठेक्का लिएर निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरु मारमा परेको उल्लेख गरेका छन् । जसले गर्दा त्यस्ता निर्माण व्यवसायीको जायजेथासमेत गुम्ने अवस्थामा पुगेको उनीहरुको भनाई छ । संघहरुले सरकारको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको अवस्थामा भौतिक निर्माण कार्य रोकिनेगरी भएको मूल्य बृद्धिले थप समस्या निम्त्याउने चेतावनी दिएका छन् । विज्ञप्तीमा भनिएको छ,‘एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानी दिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ ।’
दुबै उद्योग वाणिज्य संघहरुले संविधानप्रदत्त उद्योगी÷व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको पक्षपोषण सदैव गर्दै आएको जनाएका छन् । तर उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झने गरेको भन्दै विज्ञप्तीमा अगाडि भनिएको छ,‘कालाबजारी,कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई हामी सदैव अस्वीकार गर्दछौँ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







