बरालडाँडा भगबतीबजार मेलाको तयारी तीब्र


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८१ मा प्रकाशित




पोखरा । कास्कीको मादी गाउँपालिकामा माघेसंक्रान्तीको अबसरमा लाग्ने मेलाको तयारी तिब्र पारिएको छ । बरालडाँडा भगबतीबजार माघेसंक्रान्ती मेलाका लागि आवश्यक तयारी तिब्र गतिमा गरिएको आयोजक बरालडाँडा तमु समाज सेवा समितिका अध्यक्ष चुम प्रसाद गुरुङ्गले जानकारी दिए ।

मादी नदीका किनारमा अबस्थीत भगबती मन्दीर परिसरमा यो मेला पौराणीक कालदेखि लाग्दै आएको छ । विषेश गरि उक्त दिन मादीनदिमा स्नान गरि भगवती मन्दीरको अराधना गर्ने, उपवास बस्ने गरिन्छ । उक्त क्षेत्र र कास्की, लमजुङ्ग तथा तनहुँका मानिसहरुले भगवती देविलाई बिषेश महत्वका साथ लिने गर्दछन ।

मेलाको अबसरमा माघ १ गते देखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता,भजन चुडका प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

मेलामा राष्ट्रिय कलाकार लोक गायक चिज गुरुङ्ग, र्निजला गुरुङ्ग,जिवन दाहाल,मधु थापा मगर लागायतको उपस्थिती रहने आयोजक मध्ये बरालडाँडा युवा क्लवले जानकारी दिएको छ

प्रतियोगितामा भलिवल तर्फ प्रथम पुरस्कार रु एक लाख तथा द्वितिय पुरस्कार साठी हजार तथा छेला च्याम्पीयन लाई बिस हजार रुपैयाँ पुरस्कार राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।