पुटिनका कट्टर आलोचक नाभाल्नीलाई साढे ३ वर्षको जेल सजाय


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित




रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ ।

उनलाई मस्कोका एक न्यायाधीशले साढे ३ वर्षका लागि जेल सजाय सुनाएका संचार माध्यमहरुले जनाएको छ।

आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिएका छन्।

नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ परेका थिए।

उनी पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदै आएको छ। गएको अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने क्रममा विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई उपचारमा लगिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।