पोखरा । कञ्चन क्यापिटल प्रा.लि. ले दुई दिने स्थिति बिश्लेषण तथा अभिमुखिकरण कार्यक्रम “नो योरसेल्फ बिजनेस वर्कशप (Know Yourself Business workshop)” आयोजना गरेको छ। वर्कशपले कम्पनीको स्थिति बिश्लेषण गर्दै भविष्यकालागि सर्ट टर्म र लंग टर्म रणनीतिक मार्गचित्र पनि तयार पारेको छ ।
कम्पनीका अध्यक्ष टेकनारायण शाक्यले वर्कशप अत्यन्त प्रभावकारी बताउँदै यसले कम्पनीको स्थिति बिश्लेषण गरि बुझ्न र सुधार गर्न सहयोग गरेको बताए। सल्लाहकार विमलमान गुभाजुले वर्कशपलाई परिणाममुखि बनाउनु पर्ने बताए । “तयार गरिएको रणनीतिक मार्गचित्र २५ प्रतिशत मात्रै कार्यान्वयन गर्न सकियो भने पनि कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गर्नेछ।” उनको भनाई थियो ।
संचालक शोभितमान बुद्धाचार्यले वर्कशपले उर्जा दिएको र स्पष्ट खाका निर्माण गर्न सघाएको बताए। उनले यस्ता कार्यक्रमहरू नियमित गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको मुख्य आकर्षण स्वोट एनालाइसिस (SWOT ANALYSIS) रह्यो, जसले कम्पनीका सबल पक्ष, कमजोरी, अवसर र खतराहरू पहिचान गर्दै छोटो, मध्यम र दीर्घकालीन रणनीतिक मार्गचित्र तयार गर्न मद्दत गरेको बुद्दाचार्यले बताए ।
संचालक पवनमान गुभाजुले रणनीतिक योजना कार्यान्वयनमा सबै शेयरधनीहरूको सक्रियता आवश्यक रहेको बताए।
संचालक नितिन बज्राचार्यले वर्कशपले कम्पनीलाई अगाडि बढ्न उर्जा प्रदान गरेको र तय गरिएको मार्गचित्रले कम्पनीको उचाइ बढाउन सघाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजिकरण संचारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका थिए। उनले नेतृत्व विकास, टिमवर्क, र रणनीतिक योजना निर्माणका विविध पक्षबारे सहभागीहरूसँग अन्तरक्रिया गरे।
रणनीतिक मार्गचित्रका मुख्य बुँदाहरूमा छोटो अवधिमा व्यवस्थापन सुधार, नियमित तालिम र दक्षता अभिवृद्धि, मध्यम अवधिमा बजार प्रवर्द्धन, ग्राहक सन्तुष्टि सुधार र नयाँ व्यवसाय विस्तारर दीर्घकालीनमा डिजिटल मार्केटिङ, नयाँ प्रविधि प्रयोग र शाखा विस्तार लगायत तय गरेको बताइएको छ ।
सहजकर्ता दीपेन्द्र श्रेष्ठले स्वोट एनालाइसिसमार्फत कम्पनीको बलियो पक्षलाई उपयोग, कमजोर पक्षलाई सुधार, अवसरलाई अधिकतम उपयोग र खतरासँग जुध्ने रणनीति बनाउन सघाएको बताए। कार्यक्रममा १६ जना शेयरधनीहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले वर्कशपलाई फलदायी ठहर गर्दै कम्पनीलाई थप सफल बनाउने प्रतिबद्धता जनाए।बि.सं. २०७६ सालमा स्थापित पोखराको स्थापित पारिबारिक घराना कन्चन क्यापिटलको ६ वटा ज्वेलरी सप, एउटा कन्चन डिपार्टमेन्टल स्टोर, बेगनास एक्वा पार्क रिसोर्ट र स्याड.जामा गाई फार्म संचालनमा छ ।





सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







