रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपामा खुशीयाली छाएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएसँगै रास्वपा नेता, कार्यकर्तामा खुशीयाली छाएको हो । विहीबार साँझ आदेश आएसँगै अदालत परिसर बाहिर रास्वपा नेता, कार्यकर्ता तथा रबिका समर्थकहरुले नाराबाजीसहित खुशीयाली मनाए । उनीरुले ‘रबिदाई हाईहाई’, ‘नेपाली जनता के भन्छ रु रबि दाईलाई ले भन्छ’, ‘न्यायालय हाईहाई’लगायतका नाराहरु लगाएका थिए ।
अदालतको आदेशलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै रास्वपा प्रवक्ता मनिष झाले रबिको रिहाईसँगै यो देशमा अदालत अझै जिवित छ भन्ने पुष्टि गरेको बताए । उनले भने,‘अदालतको यो आदेशले राज्य लागेपनि, गठबन्धन जतिसुकै बलियो भएपनि कसैको केहि लाग्दैन भन्ने भाष्य तयार गरेको छ । राज्य र गठबन्धनले जतिसुके प्रतिशोध साँधेपनि न्यायालयप्रति विश्वास थियो र यो अझै बढेर गएको छ ।’ उनले यो अन्तिम फैसला नभएपनि न्याय पाउनेतर्फ अग्रसर भएको संकेत भएको जिकीर गरे ।
रास्वपा नेतृ तथा सांसद सोविता गौतमले अदालतले न्याय दिएको प्रतिक्रिया दिईन् । उनले फैसलापनि रबिकै पक्षमा आउने दाबी गरिन् । राज्यले प्रतिशोध साँध्नका लागि दुषित मनसाय राखेर जबरजस्ती सहकारी ठगीको प्रतिवादी बनाइएको आरोप लगाउँदै उनले भनिन्,‘अनुसन्धानका लागि भन्दै लामो समय हिरासतमा राखियो, त्यसको क्षेतिपूर्ती कसले तिर्छ रु ।’
रास्वपा केन्द्रीय सदस्य हरि दाहालले राज्यले प्रतिशोध साँधेपनि न्यायालयले रबिको पक्षमा आदेश दिएर न्याय मरेको छैन भन्ने थप पुष्टि गरेको बताए । उनले भने,‘यो न्यायको पहिलो खुड्किलो हो । आशा र विश्वास छ कि फैसलापनि उहाँकै पक्षमा आउँछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा…





