पृथ्वीजयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री


     एभरेस्ट आवाज    
     पौष २७ गते २०८१ मा प्रकाशित




पुस २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।