प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन


     एभरेस्ट आवाज    
     माघ ३ गते २०८१ मा प्रकाशित




गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आईपुगेका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।