पोखरा । पाचौ चार भाई व्याडमिन्टन कप २०८१ को तयारी पुरा भएको छ । चार भाई युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा हुने प्रतियोगिता यही माघ ११ र १२ गते हुदैछ ।
कपका लागि गण्डकी प्रदेश र अन्य प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगी सहभागी हुनेछन । प्रतियोगीता अन्र्तगत मेन्स डवल्स बि लेवल ,मेन्स डवल्स सी लेभल र गण्डकी प्रदेश स्तरीय खुल्ल्ला मिक्स डवल गरी तीनवटा ईभेन्टस हुने खेल संयोजक विष्णु गुरुङले जानकारी दिए ।
जसअन्र्तगत बी लेभल विजेताले ४५ हजार ,उपविजेताले ३० हजार र तृतीय हुने दुई टीमले समान ८÷८ हजार प्राप्त गर्नेछन । त्यसैगरी मेन्स डवल्स सी लेवल विजेतालै प्रथम पुरस्कार स्वरुप रु.४० हजार दोश्रो हुनेले २५ हजार र तेश्रो हुने समुहले रु.७÷७ हजार प्राप्त गर्नछन ।
गण्डकी प्रदेश स्तरीय खुल्ला मिक्स डवल्स खुल्ला तर्फ प्रथम हुने टीमले रुं २५,हजार द्धीतिय हुने टीमले रु.१५,हजार र तृतीय हुने टीमले समान ६,६ हजार प्राप्त गर्ने अध्यक्ष सुरेश गुरुङले जानकारी दिए । यस प्रतियोगीतामा छिमेकी जिल्लाहरु धादिङ ,चितवन ,पाल्पा ,गुल्मी लगायतका जिल्लाहरुका खेलाडीहरुलाई पनि सहभागी गराउने आयोजकले बताएको छ ।
गत वर्षको संस्करणमा १५० भन्दा बढी टीम सहभागी भएकाले यस बर्ष पनि सो भन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ । टीम दर्ता माघ १० गते साँझ ५.३० सम्म मात्र गर्ने सकिने चार भाई युवा क्लवका सदस्य बम गुरुङले जानकारी दिए । प्रतियोगिताबाट बचत रकम अनाथ, असाहाय, वालगृह मा सहयोग प्रदान गरीने क्लवले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







