खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था


     एभरेस्ट आवाज    
     माघ १० गते २०८१ मा प्रकाशित




माघ १० पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन् । बिहीबार मञ्चको सम्पन्न तेस्रो अधिवेशन मार्फत एमबी निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एमबीले ३६ मत पाउँदा सुरजले २७ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित एमबी निवर्तमान् सदस्य हुन् भने सुरज निवर्तमान उपाध्यक्ष हुन् ।

यस्तै उमा आलेमगर उपाध्यक्ष (समावेशी) निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । पर्शुराम शर्मा महासचिव निर्वाचित भएका छन् । उनले ३८ मत ल्याउँदा प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् ।

सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् ।

उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए ।

मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो ।

सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल चयन भएको निर्वाचन समिति संयोजक केशवराज बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।