सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८१ मा प्रकाशित




अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।