गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेदेखि


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८१ मा प्रकाशित




पोखरा, माघ ११

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । उनले गण्डकी प्रदेश सरकारको सिफारिसमा यहि माघ २१ गतेदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । यसअघि गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिउँसो २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको जनाएका छन् ।

गत असोज ८ गते प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि बस्न लागेको प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश सरकारले १० वटा विधेयक लैजाने तयारी गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहि अघि बताएका थिए । उसो त प्रदेश सभामा दुई वटा विधेयक विचाराधीन अवस्थामा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।