टाइगर कप भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, भारतको सुनिल र नेपाल पुलिस क्लब तथा महिलातर्फ आयोजक बिजयी


     एभरेस्ट आवाज    
     माघ १३ गते २०८१ मा प्रकाशित




माघ १३ पोखरा । पोखरा रंगशालामा जारी पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आईतबार ४ खेल सम्पन्न भएका छन् । टाईगर ग्रुप अफ पोखराको आयोजनामा शनिबारदेखि जारी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, भारतको सुनिल भलिबल क्लव र नेपाल पुलिस क्लब तथा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लव बिजयी भएका हुन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ । आर्मीले एपीएफलाई २५–१८, २५–२३ र २५–१५ ले पराजित गर्न सफल भएको हो ।

अर्को खेलमा आयोजक गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले ३–२ को सेटमा पराजित गर्दै बिजयी यात्रा शुरुवात गरेको थियो। पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियो।

यस्तै, पुरुषतर्फकै अर्को खेलमा भारतको सुनिल भलिबल क्लबले साविक बिजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बिजयी यात्रा शुरु गरेको छ । आइतबार दिउँसो भएको खेलमा भारतको सुनिल भलिबल क्लवले पहिलो सेट गुमाएपनि त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । भारतको सुनिल भलिबल क्लवले आर्मीलाई २२–२५, २५–२३, २७–२५ र २५–१६ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

यसअघि आईतबार विहान भएको पहिलो खेलमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित ग¥यो । आयोजक पोखराले आर्मीलाई २५–१४, २५–११ र २५–२१ ले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबारदेखि लिग चरणका खेलहरु हुनेछन् । जस अन्तर्गत बिजयी भएका र पराजित टिमहरुबीच लिग खेलहरु हुने कार्यक्रम संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।