माघ १७ पोखरा । जीवन विज्ञान प्रतिष्ठानले पोखरामा फागुन दोस्रो साता ‘विराट चक्र विज्ञान’ र ‘गण्डकी स्वजागरण उत्सव’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर ‘गण्डकी स्वजागरण उत्सव’ यही फागुन १० गते र आगामी २०८२ कार्तिक ११ देखि १७ गतेसम्म ‘विराट चक्र विज्ञान’ कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो ।
पोखरामा गरिने ‘गण्डकी स्वजागरण उत्सव’ मा करिव मा ३० हजार बढीको सहभागिता हुने अपेक्षा गरेको प्रतिष्ठानका व्यवस्थापक अभिषेक अधिकारीले बताए । उनका अनुसार ‘विराट चक्र विज्ञान’ मा ६ हजार बढी सहभागि हुने छन् । प्रतिष्ठानका अनुसार ‘विराट चक्र विज्ञान’ पोखरा रङ्गशालामा हुने जनाइएको छ ।
जीवन विज्ञान प्रतिष्ठानले विगत लामो समयदेखि योग, ध्यान र समाधी साधनाका माध्यमबाट मानिसको शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनागत विकासमा सहयोग पु¥याउँदै आएको छ । यसले सकारात्मक सोच, व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनशैली व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले जानकारी दिए ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवको सानिध्यतामा कार्यक्रमहरू हुने व्यवस्थापक अभिषेक अधिकारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







